पोखरीमा डुबेर सशस्त्र प्रहरी जवानको मृत्यु
पर्वत | साउन २८, २०७९
पर्वतको फलेवास नगरपालिका-९ भंगरामा पोखरीमा डुबेर एक सशस्त्र प्रहरी जवानको मृत्यु भएको छ।
स्याङ्जाको अर्जुन चौपारी गाउँपालिका-५ घर भइ हाल सशस्त्र प्रहरी बल २३ नम्बर गण भानु नगरपालिका तनहुँमा कार्यरत सशस्त्र प्रहरी जवान गिरिजा सापकोटाको डुबेर मृत्यु भएको हो।
उनी बिदामा घर आएका थिए। साथीहरूसँग पर्वतको भँगरामा पर्ने जलजला घुम्न गएको बेला शुक्रबार पोखरीमा डुबेर ज्यान गएको हो। त्यो ठाउँ स्याङ्जा र पर्वतको सीमा क्षेत्रमा पर्छ। दिउँसो ४ बजेको समयमा पोखरीमा डुबेर बेपत्ता भएका सापकोटाको साँझ ६ बजे मात्रै शव निकालिएको थियो। अहिले शव पोष्टमार्टमका लागि पर्वत अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।
परिवार सम्पर्कमा आएपछि शव पोष्टमार्टम गरी प्रहरीलाई बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रहरी निरीक्षक प्रकाश रावतले जानकारी दिए।
पोखरा: बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ । पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...
पोखरा: सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष पोखरामा आयोजना हुँदै आएको आहा !रारा पोखरा गोल्ड कपको २५ औं वर्ष अर्थात् रजत वर्षको अवसरमा फोटो प्रदर्शनी गरिएको छ । नेपाल फोटो पत्र...
बैतडीमा जन्ती बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १३ पुगेको छ । मृतक सबै १३ जनाको सनाखत पनि भएको छ । पुर्चाैडी नगरपालिका–७ को भौनीबाट जन्ती लिएर फर्किने क्रममा सोही वडाको बढ्गाउँ मोडमा...

